Get Our Android App

सङ्खुवासभा घटनामा नया ट्विस्ट ,प्रहरीले थाल्यो यस्तो अनुसन्धान

मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाईल बरामद भएपछि घटनास्थलमै नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको संघीय प्रहरी ईकाई धरानका एसपी भीम दाहालले जानकारी दिनुभयो । निजलाई प्रहरीले नियन्त्रणमा लिएर घरकाे थप खानतलासी र साेधपुछभईरहेको एसपी दाहालले बताउनुभयो ।

बरामद भएको मोबाईल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाईएको उहाँले बताउनुभयो ।

मादि नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते सोमबार विहान एकै परिवारको छ जनाको ह’ ‘त्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २५ बर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *