Get Our Android App

अमेरिकामा सिमन अट्याकको मुद्दामा एक व्यक्ति गिरफ्तार , के हो ‘सिमन अट्याक’?(भिडियो हेर्नुहोस )

पछिल्लो समय विश्वमा नयाँ–नयाँ प्रकारका अपराधले जन्म लिएका छन्। तीमध्ये ‘सिमन अट्याक’ एक हो। यसलाई स्पर्म आतंकवाद पनि भनिन्छ।

अमेरिकामा हालसालै एक व्यक्ति सिमन अट्याकको मुद्दामा गिरफ्तार भएका छन्। उनले वीर्यले भरिएको सिरिन्जले एक महिलालाई आक्रमण गरेको न्युयोर्क पोस्टले जनाएको छ।

भिडिओमा देखिएअनुसार महिला सुपरमार्केटमा हुन्छिन्। त्यहीँनेर एक व्यक्तिले महिलालाई पछाडिबाट आएर वीर्यले भरिएको सिरिन्जले घोचिदिन्छन्।

मेरिल्यान्डमा ५२ वर्षका सनकी व्यक्ति थोमस ब्रायन स्टेमनले सिरिन्जले घोचेको प्रहरीको भनाइ छ। यो घटना सन् २०२० फेब्रुअरीको भएको बताइएको छ।

यसअघि पनि ती व्यक्ति विभिन्न अपराधमा जेल चलान भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.