Get Our Android App

भतिजलेनै ६ जनाको ज्यान लिएको पुष्टी,बयान सुन्दा प्रहरीनै चकित ,यसरी गरे प्रहरीले अपराधी सार्बजनीक (हेर्नुस् भिडियो )

घटना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।

एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अनुसन्धानबाट थाहा भएको छ भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ,नुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

हत्या गरिएका तेजबहादुरले आफूलाई ‘हेपेका कारण’ आफुलेनै आवेगमा आएर हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनता,वोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने प्रवृत्ति थियो त्यसैले तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन ।

हेपाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अ,नुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका

तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुरआमालाई ह,त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्र,माण मेटाउन

लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अ,नुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए । मृतक सवैको टाउकोमा चोट लागेको छ ।

उक्त अ पराधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको छ । र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिएको जनसागरले ढुङ्गा प्रहार गर्दै जिउदै जलाउनुपर्ने माग राखेका थिए ।

अहिले उक्त मानवको भेषमा भस्मासुरलाई प्रहरिले सार्वजनिक गरेको छ ।उक्त घटना आफैले गराएको उनले बयान दिएसगै पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *