Get Our Android App

दीपिकाको कुरा सुनेपछि अमिताभ बच्चनले भगवानसंग प्रार्थना गरे, यस्तो सम्म भएको रहेछ दीपिकाको जिन्दगीमा

बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्र क्षेत्रमा अभिनयबाट राम्रो परिचय बनाएकी छन् । उनी दर्शकको मनमा बस्न सफल अभिनेत्री मध्य एक हुन् । एक समय थियो जब उनी पूरै हराएको महसुस गर्थिन् र उनी आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् ।

अभिनेत्री पादुकोणले आफ्नो जीवन समाप्त गर्न चाहानुको कारण डिप्रेशन रहेको खुलाएकी छन् । दीपिका ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी छन् । उनले अमिताभ बच्चनसंग खुलेरै कुरा गरिन् ।

अभिनेत्री पादुकोणले डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको पनि बताइन् । अमिताभले डिप्रेशन भएको कसरी थाहा भयो भनेर प्रश्न गर्दा उनले सन् २०१४ को घटनालाई सम्झिदै काम गर्न मन लाग्न छाडेको, कोहीसंग भेटघाट गर्न मन नलाग्ने, आफू भित्र निक्कै एक्लोपना महशुश हुने, साधारण रुनु हैन तर एक मद्दतको लागि रुने, आफैंलाई थाहा थिएन कि किन रोईरहेको वा त्यस्तो महसुस गरिरहेको, कहिलेकाही जीवन जिउनुको कारण नै केही छैन जस्तो लाग्ने र जीवन जिउनबाट मन सकिएको बताइन् ।

दीपिकाले सो समयमा आफू निक्कै रोएको पनि बताइन् । उनको आमाले जब आफ्नो अवस्थाको बारेमा थाहा पाइन् तब यसपछि एकजना डाक्टरसंग भेट्नुपर्छ भनेर उनले नै पहल गरेकी बताइन् ।

डिप्रेशनको विषयमा खुलेरै कुरा गरेको भन्दै कार्यक्रमका संचालक अमिताभ बच्चनले दीपिकाको प्रशंसा गरेका थिए ।

अभिनेता रणवीर कपुरसंग ब्रेकअप भएपछि डिप्रेशनको शिकार बनेकी दीपिका अभिनेता रणवीर सिंहसंग भेट भएपछि दीपिका विस्तारै डिप्रेशनबाट बाहिर निस्किएकी थिइन् ।

यी कुराहरु सुनेर अमिताभ बच्चनले दीपिकाको लागि भगवानसंग प्रार्थना गरे। उनले भने, ‘हामी सबै प्रार्थना गर्दछौं कि तपाई स्वस्थ रहनुहोस् र यस्तो स्थिति फेरि कहिल्यै नहोस्। तपार्इ हामी सबैको अगाडि तपाईको धेरै व्यक्तिगत कुरा भन्नुभयो। मानिसहरु पक्कै योबाट प्रभावित हुनेछन् र सोच्दछन् कि यदि यो तपाईलाई हुन सक्छ तब यो कसैलाई पनि हुन सक्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *