Get Our Android App

शिक्षक कर्मचारीलाई खुसीको खवर ! संशोधित बजेटमाफत सरकारले गर्‍यो महत्वपुर्ण ब्यबस्था

‘पढ्दै कमाउँदै’ कार्यक्रम घोषणा, शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिने – प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम घोषणा गरेको छ । यसका लागि चालु आर्थिक बर्षमा सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा कार्यक्रम सुरुवात गर्ने सरकारको घोषणा छ ।

संविधान विपरित पटक पटक संसद विघटन गरेका कारण सत्ताच्युत हुन पुगेको तत्कालिन सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा उक्त कार्यक्रम उल्लेख गरिएको हो ।

 

प्रतिस्थापन बजेटमा सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने पनि उल्लेख छ । केन्द्रले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमद्वारा प्रदेश भरिका सार्वजनिक विद्यालयहरुमा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *