Get Our Android App

कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर दुई जना नेपालीको मृ’त्यु

काठमाडौं । कुवेतको निर्मणाधिन विमानस्थलमा काम गर्दै गर्दा दुई जना नेपाली कामदारको मृत्यु भएको छ ।

रोजगारीको क्रममा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ को करिब ६ मिटर गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खसी झापाका दुई युवाको गत बुधबार मृ’त्यु भएको हो ।

 

मृ’त्यु हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का क्रमशः यम बहादुर कटुवाल र सुकलाल राजवंशीको घटनास्थलमै मृ’त्यु भएको हो ।

 

उनीहरुसँगै काम गरिरहेका मिझिङ–८ धनमुढा, रोल्पा निवासी सर्वजित महरा सख्त घाइते भएका छन् । उनको उपचार भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *