Get Our Android App

७ मन्त्री र ४ राज्यमन्त्री थपिएर विस्तार भयो बागमती प्रदेशमा मन्त्रिपरिषद् ,यी हुन आज मन्त्री बनेकाहरु:

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ।

शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन्।

यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका छन्।

राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन्। उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

यी हुन आज मन्त्री बनेकाहरु:

१) रचना खड्का, दोलखा

२) बद्री मैनाली, नुवाकोट

३) अजय क्रान्ति शाक्य, काठमाडौं

४) शान्तिप्रसाद पौडेल, रामेछाप

५) प्रदीप कटुवाल, सिन्धुली

६) विजय सुवेदी, चितवन

७) सरस्वती बाटी, भक्तपुर

८) चन्द्र लामा, काभ्रेपलान्चोक

९) जुनेली श्रेष्ठ, मकवानपुर

१०) जीवन खड्का, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *