काठमाडौं, भदौ २२ – जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले घुससहित एक कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका वडा नम्बर ९ घर भई जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा ४८ वर्षीय उमेशकुमार चौधरी छन्।
उनलाई मंगलबार अख्तियारको टोलीले आठ हजार पाँच सय घुससहित धनुषा नगरपालिका-४ बाट पक्राउ गरेको हो। क्याम्पस चोकस्थित एक होटलमा बाट उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।