रामेछापका मानसिंह लामा र उनकी श्रीमती दुवैलाई रोगले खादै गएपछि अहिले काठमाडौमा एउटा सानो छाप्रो बनाएर बसेका छन् ।आफ्नो घर कहाँ हो त्योसम्म छुट्याउन नसक्न मानसिंहकी छोरीको विवाह भइरसकेको र अरु २ जना छोराले उनीहरुलाई न हेरेको गुनासो पोखे ।
एउटा छोरो कुलतमा फसेर हिडेको र अर्को आफ्नै घर गरि खादै गरेको हुँदा उनीहरु अहिले बेसहारा भएका छन् ।पहिले भारी बोक्ने काम गर्ने मानसिंहको अहिले शरीरमा केही थोरी भार परे उनलाई गाह्रो पर्छ ।आफ्नो आफन्तहरु पनि नभएको बताउने उनी सानै उमेरमा काठमाडौ छीरेको र काम गर्दै खाएको बताउँछन् ।
आफ्नी आमा हुदाहुदै पनि बुवाले अर्की श्रीमती ल्यार्को र आफुलाइ सनैबाट हेला गरेको हुँदा आफ्नो भविस्य खोज्दै उनी काठमाडौ छिरेको बताउँछन् ।कार्पेट,प्लास्टिक लगायतले बेरेर बनाएको सानो झु पडीमा बस्ने उनीहरूलाई प्रहरीले उठेर जान भन्दै धम्क्याउने गरेको पाइयो ।
कान्छो छोरो कुलतमा फसेपछी आफ्नो भएको सम्पत्तिपनि सकेको र हुदाहुदा घरको सिलौटो बेचेर समेत रक्सी खाने गरेको उनले बताए ।मानसिंहकि श्रीमती रोगी भएता पनि पिरा बुन्ने काम गर्छन् र अलिअलि पैसा जोहो गर्दै गुजारा गर्ने गरेकी छिन् २४ वर्षको कान्छो छोरो कहिलेकाही आउने र उल्टै आमा र बुवालालाई कुटेर भएका केही पैस लिएर हिड्ने गरेका छन् ।