मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म रेको खबर दाइले मलेसियाबाट खबर पाए ।तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मारेको हुँ भन्दै दाजुलाइ म्यासेज गरेको उनले बताए ।कृष्ण मृतकले काम गर्ने कम्पनीको सुपर भाइजर रहेका छन् ।
मृतकका दाजु अहिले दिनेशले पठाएको फोटो,म्यासेजहरु,आवाजका रेकडिङहरु प्रमाणका रुपमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।त्यस्तै उनले वैदेशिक रोजगार कार्यलय र अन्य निकायमा आफ्नो भाइको ह त्या भएको र हत्यारालाई प क्राउ गरि स जाय दिन माग गर्दै भौतारी रहेका छन् ।
साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले मार्दैछ भनेर खबर गरेको र साउन ४ गते मृत्यु भएको थाहा दाजुले पाएका थिए ।दिनेशको साथीले उनको मृत्यु भएको खबर आएको र पुलिसले पोस्टमार्टम गर्न लगेको जानकारी गरे ।त्यसको अर्को दिन दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँटी थिचेर आत्मा ह त्या गरेको खबर उनलाई मालिकले बताएको बताएका थिए ।
आत्मा ह त्या गरेको कुरा दाजुलाई पत्यार नलागपछी उनले मलेसियन पुलिसले प्रमाणको रुपमा लिएको फोटोहरु पाउँ भन्दा नदिएको बताए। उनका अनुसार कृष्ण कुमारले नै भाइको ह त्या गरेको र सबै प्रमाण सहित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दुखी छन् र भाइको न्यायको लागि लड्न सहयोगी हातहरु खोज्दै छन् ।